दफा ७
सदस्यको निमित्त अयोग्यता
देहायका कुनै व्यक्ति परिषद्को सदस्य पदमा मनोनीत वा निर्वाचित हुन सक्ने छैनः–
(क) गैर नेपाल नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध, वन्यजन्तु ओसारपसार, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसूरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(ङ) मानसिक सन्तुलन ठीक नभएको,
(च) कुनै बिदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको।